पचरती साकोसको ८ औं स्थापना दिवस
श्रावण १७, २०८३ आइतबार
पचरती साकोसको ८ औं स्थापना दिवस
चितवन खैरेनीमा रहेको पचरती बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी आठौ स्थापना दिवस मनाएको छ। आज यस कार्यक्रम सफल बनाइदिनु हुन हातेमालो गर्दै आउनुभएका यसै संस्थाका सञ्चालक समिति सदस्यहरू लेखा समिति सदस्यहरु ऋण समिति सदस्यहरु शिक्षा उपसमिति सदस्यहरू सल्लाहकार सदस्यहरू र यसै संस्था व्यवस्थापन प्रबन्धक तथा कर्मचारी साथीहरू मा धन्यवाद ज्ञापन गर्दछु। हामीलाई यस आठौ वर्ष वार्षिक उत्सव मनाइरहँदा हामीलाई यहाँसम्म पुर्याउनु हुने सम्पूर्ण शेयर सदस्यहरु सम्पूर्ण बाल बचतकर्ताहरू र यस सस्थालाइ माया गरी साथ दिनुहुने शुभचिन्तकहरूमा धन्यवाद प्रकट गर्दछौं। यसैगरी आगामी दिनहरूमा पनि हामीलाई विश्वास गरी हामीलाई हातमलो गरी अझै अगाडि बढाउनुहुन्छ भन्ने विश्वासका साथ र आगामी दिनमा पनि हामी सामाजिक काममा आबद्ध हुनेछौ भन्ने प्रतिज्ञाका साथ आजको यस कार्यक्रम समापन गरियो ।
सस्था पर्बिधि मैत्री बनाउन सस्थाले आजका दिन बाट मोबाइलबैंकिंग निसुल्क गरेको छ .
प्रबन्धक
राजु सुबेदी