056-582896,496896 Pacharatibachat@gmail.com KHAIRAHANI 05,CHITWAN

सहकारीकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने अभिमुखीकरण तालिम आयोजना ।

चारवटा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त क्षमता अभिवृद्धि तालिम सम्पन्न

​चितवन । पचरती बचत तथा ऋण सहकारी संस्था (साकोस), लाफा साकोस, कठार मध्यवर्ती साकोस र एकीकृत कृषक साकोसको संयुक्त आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। समिति तथा कर्मचारीहरूका लागि आयोजित उक्त तालिम गरिएकाे हाे ।

​लाफा साकोसकी सचिव मिना थापा मगरले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त पचरती साकोसका अध्यक्ष तुल बहादुर फुयाँलकाे अध्यक्षतामा भएकाे थियो।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका ब्रान्च मेनेजर तथा सहजकर्ता किरण कुमार राई रहनु भएकाे थियाे ।

​विशिष्ट अतिथि तथा अतिथिहरूको उपस्थिति

​कार्यक्रममा विभिन्न सहकारीका शीर्षक नेतृत्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो:

  • ​लाफा साकोसका अध्यक्ष: प्रेम थापा मगर
  • ​श्री कठार मध्यवर्ती साकोसका अध्यक्ष: प्रल्हाद कुमार के.सी. क्षेत्री
  • ​एकीकृत कृषक साकोसका उपाध्यक्ष : अनुप बुढाथोकी

​यसैगरी, अतिथिहरूका रूपमा विभिन्न साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजकहरू युवराज शर्मा (पचरति साकाेस) किरण भुसाल (लाफा साकोस), शिव प्रसाद पुडासैनी (एकीकृत कृषक साकोस) लगायतको उपस्थिति थियो।

​कार्यक्रममा व्यवस्थापकहरूको तर्फबाट महेन्द्र बहादुर थापा (लाफा साकोस), रमेश कुँवर (एकीकृत कृषक साकोस), गोपाल भण्डारी (श्री कठार मध्यवर्ती साकोस) र राजु सुवेदी (पचरती साकोस) को उपस्थिति रहेको थियो। साथै, चारवटै संस्थाका समिति, उपसमिति र कर्मचारीहरूको समेत गरि 70 जना सहभागिता रहेकाे थियो।

​कार्यक्रमको रूपरेखा र समापन

​राष्ट्रिय गान तथा साकोस गानको प्रस्तुति र ज्ञात-अज्ञात सहिदहरूप्रति मौनधारण गरिएपश्चात कार्यक्रम अगाडि बढेको थियो। कार्यक्रमको सुरुमा एकीकृत कृषक साकोसका उपाध्यक्ष अनुप बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो।

​कार्यक्रममा लाफा साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक तथा ओशियन एकेडेमी स्कुल पर्साका प्रिन्सिपल किरण भुसाल र प्रमुख अतिथि किरण कुमार राईले सहकारीको क्षमता विकास र यसका समसामयिक चुनौतीहरूमाथि प्रकाश पार्दै मन्तव्य राख्नुभएको थियो।

​सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कठार मध्यवर्ती साकोसका अध्यक्ष प्रल्हाद कुमार के.सी. क्षेत्रीले कार्यक्रम समापन गर्नुभएको थियो। तालिमले चारवटै सहकारीका कर्मचारी तथा सञ्चालकहरूको कार्यक्षमता अभिवृद्धि गर्न र संस्थागत सुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । पचरती साकाेस

प्रबन्धक

राजु सुवेदी