प्रधानमन्त्री दैवी उद्धार कोषमा नगद रु.५५,५५५/- (अक्षरुपी रुपैया पचपन्न हजार पाँच सय पचपन्न मात्र।)
भोटेकोशी बाढीमा रसुवा,नुवाकोट,धादिङ लगायत नदी तटिय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत हुनु भएका स्वदेशी तथा विदेशी नागरिकहरूको बैकुण्ठ बासको कामना गर्दै,दुःखको यस घडीमा भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापना सहयोगार्थ यस संस्थाबाट प्रधानमन्त्री दैवी उद्धार कोषमा नगद रु.५५,५५५/- (अक्षरुपी रुपैया पचपन्न हजार पाँच सय पचपन्न मात्र।) प्रदान गरिएको छ।
आउनुस् यो मानवीय कार्यमा आ आफ्नो ठाउँबाट जोडिनुहोस्।