पचरती साकोसका सदस्य महानुभावहरु,
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस पचरती साकोसले सहकारी संस्था सञ्चालन ईजाजतपत्र (Operative License) प्राप्त गरेको व्यहोरा सहर्ष जानकारी गराउँन चाहन्छौं ।