|

छैठौं वार्षिक उत्सव कार्यक्रममा शैक्षिक सामग्री वितरण कार्यक्रम

आज मिति २०८१ साल साउन १७ गते यस पचरती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक उत्सवको उपलक्ष्यमा विद्यार्थीहरूलाई खाजा खुवाउने तथा झोला वितरण कार्यक्रम गरियो।



आज मिति २०८१ साल साउन १७ गते यस पचरती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक उत्सवको उपलक्ष्यमा यस खैरहनी वडा नम्बर ५ भित्र रहेको राष्ट्रिय आधारभूत विद्यालय सलौली मा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई खाजा खुवाउने तथा झोला वितरण कार्यक्रम गरियो। उक्त कार्यक्रममा सभा अध्यक्ष यसै संस्थाका अध्यक्ष श्री तुलबहादुर फुएलज्यू र प्रमुख अतिथि यसै वडाका वडा अध्यक्ष, संस्थाका सल्लाहकार श्री छत्रनाथ सुवेदी ज्यू विशिष्ट अतिथि यस राष्ट्रिय आधारभूत विद्यालय सलौलीका अध्यक्ष, संस्थाका सल्लाहकार श्री लक्ष्मण सुवेदी ज्यू अतिथि यसै स्कुलका प्राध्यापक प.अ अमृत अधिकारी ज्यू र अतिथिमा पूर्व प्राध्यापक श्री बाबुराम गिरी ज्यूको अतिथिमा आजको कार्यक्रम सञ्चालक राष्ट्रिय आधारभूत विद्यालय बडगाउँका प्राध्यापक, यसै संस्थाका लेखा समिति संयोजक श्री युवराज शर्माले गर्नुभयो। साथै आजको कार्यक्रममा विद्यालयमा भएका नर्सरीदेखि पाँच कक्षासम्मका सम्पूर्ण विद्यार्थीहरुलाई (१२० जना)झोला वितरण कार्य गरियो। छैठो वर्ष सम्ममा पुरा गर्नका लागि हामीलाई सहयोग गर्नुहुने सञ्चालक समिति लेखा समिति ऋण समिति शिक्षा उपसमिति तथा कर्मचारीहरू,शेयर सदस्यज्यूहरू, बचतकर्ता ज्यू साथै विद्यालयका कर्मचारी साथीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम यसै संस्थाका अध्यक्ष श्री तुलबहादुर फुयालज्यूले समापन गर्नुभयो।

मिति २०८१ साल साउन १७ गते पचरति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक उत्सव कार्यक्रममा शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत आज मिति २०८१ साल साउन १८ गते राष्ट्रिय आधारभूत विद्यालय बडगाउँ मा केजी कक्षामा अध्ययनरत १४ जना विद्यार्थीलाई झोला हस्तान्तरण गरियो। साथै श्रीकृष्ण साना किसान आधारभूत विद्यालय सिसानी मा अध्ययनरत कक्षा १ मा रहेका १५ जना विद्यार्थीलाई झोला हस्तान्तरण गरियो र धर्मेश्वर आधारभूत विद्यालय खैरेनी १३ का रहेको कक्षा १ मा अध्ययनरत १८ जना विद्यार्थीलाई झोला हस्तान्तरण गरी आज को दोस्रो दिन कार्यक्रम समापन गरियो । यसरी नै सम्पूर्ण शेर सदस्यहरूले संस्थामा कारोबार राम्रोसँग गरिदिनुभयो भने संस्था जतिमाथि जान्छ त्यति नै सामाजिक कार्यमा हामी पनि लागिपर्नेछौँ। हामीलाई यस स्थानसम्म पुर्याइदिनु हुने सम्पूर्ण शेयर सदस्यहरु सम्पूर्ण संस्थाका समितिका पदाधिकारीहरू तथा संस्थाका कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।