चितवन : खैरहनी नगरपालिका-५, स्थित पचरती बचत तथा ऋण सहकारी संस्थाको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका तुल बहादुर फुयलको अध्यक्षता एवं खैरहनी नगरपालिका ०५ का वडा अध्क्षय छत्रनाथ सुबेदी प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएको हो ।
विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्यता थियो ।
२०७५ सालमा स्थापित संस्था हाल १२३७ जना शेयर सदस्य आवद्ध छन् ।
सभामा संस्थाका उपाध्यक्ष मिलन सुबेदीले २०८०/०८१ को बार्षिक प्रगती प्रतिवेदन तथा आगामी आ.व. ०८१/०८२ को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । उनका अनुसार संस्थाले आ.व. ०८१/०८२ मा १३९० जना शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ ।
त्यसैगरि कार्यक्रममा संस्थाका कोषाध्यक्ष महराज चापागाइले बार्षिक आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित वजेट प्रस्तुत गरेका थिए । संस्थाले ६ करोड ३५ लाख कारोबार गरेर १३३ लाख १६ हजार नाफा कमाएको छ ।
साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल बचत कर्ता, असल ऋण कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जेष्ट नागरीक लाइ समेत सम्मान गरिएको थियो ।