|

Introduction

Introduction

पचरती बचत तथा ऋण सहकारी लिमिटेड एक प्राथमिक-स्तर एकल-उद्देश्य सहकारी संस्था (बचत र ऋण को क्षेत्रमा काम गर्ने) हो। अन्तर्राष्ट्रिय क्रेडिट युनियनको सिद्धान्तलाई पालना गर्दै आफ्ना सदस्यहरूबाट बचत सङ्कलन गर्ने, बचतमा निश्चित ब्याज दिने र आफ्ना सदस्यहरूलाई सहज ब्याजदरमा ऋण उपलब्ध गराउने गरी सामाजिक सुरक्षा र रुपान्तरणमा लागिरहेको छ ।

पचरती बचत तथा ऋण सहकारी लिमिटेडको स्थापना खैरहनी-५, बुढाैली, चितवनमा भएको हो। २०७५/०४/१७ गते चितवनको खैरहनी नगरपालिकाको अधिकारक्षेत्रमा रहेको बुढाैली क्षेत्रमा आधिकारिक रूपमा बचत तथा ऋण सहकारी संस्था दर्ता भएको हो। यस वडा मा कुनै पनि बचत तथा ऋण सहकारी नहुदा यस क्षेत्रमा साना पुजि भयकाे र बैक टाढा भयकाे हुदा पुजि सुरक्षित तथा परिचालन गर्न आवश्यक रहेकाे हुदा यहा रहेकाे व्यक्तिहरू मिलि सस्थापक अध्यक्ष राजु सुबेदी काे पहलमा सहकारि स्थापना गरीयकाे हाे । यस विशेष संस्थामा २१ महिला र १०. पुरुषहरू, साथै विभिन्न समूहहरू सहभागी हुने गरी ३१ व्यक्तिहरूको कुल सदस्यता मा दर्ता भयकाे छ। रु ३०,००,०००। संस्थाको शेयर पूँजी संरचनाको कुल रकम हो। हाल १२७४ सदस्यको शेयर पूंजी संस्थाले आर्थिक वर्ष २०८१/८२ को लागि रु. १,००, ७७,२००। यस सस्था सुरुवात समय वाटनै डिजिटल प्रबिधि सगै अगाडि बडेकाे छ । पचरति साकाेस मा माेवाइल बैकिङ् सेवा प्रदान गर्दै अयकाे छ । सानाे समयमा धेरै सदस्यकाे बिश्वास जितेकाे देख्न सकिन्छ । यसले वार्षिक बजेट र भावी योजनाहरू तथा रणानिति लेखेको छ। प्रत्येक वर्ष यसको वार्षिक साधारण सभा हुन्छ उपस्थित सदस्यहरूको उच्च संख्या रहेकाे देखिन्छ ।। दैनिक लेनदेन र व्यवस्थापन राखिएको छ मासिक प्रतिवेदन तयार गर्दछ, जसलाई बोर्ड सदस्यहरूद्वारा परिमार्जन गरिन्छ। प्रारम्भमा ३१ जना सदस्यबाट रु.१०० का दरले शेयर संकलन गरि खैरहनी नपा वडा नं. ५,६,८र१२ मा केन्द्रित भै सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले थोरै सदस्यहरुबाट शुरुवात भएको संस्था हो । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा जोड दिँदै आएको यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकमा आवद्ध भए पश्चात सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको हो ।